काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा ब-म विस्फोट भएको घटनाको निन्दा गरेका छन्। प्रचण्डले एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान भएको घटनाको निन्दा तथा भर्त्सना गरेका हुन्।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा ब-म विस्फोट गराउने समूहलाई प्रचण्डले आतंककारिको संज्ञा समेत दिएका छन्। घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कडा कानुनी कारवाही गर्न उनले सरकारसँग माग पनि गरेका छन्।
“पूर्वमन्त्री कमरेड गोकुलप्रसाद बाँस्कोटाको मध्युर थिमी नगरपालका-१ लोकन्थलीस्थित निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर ब-म प्रहार गरेर क्षति पुर्याएको छ। म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवम् भर्त्सना गर्दछु। घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।”,विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा बुधबार बिहान करिब ७ः४० बजे प्रेसर कुकर ब-म वि-स्फोट भएको थियो ।
ब-म वि-स्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
ब-म वि-स्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्षति पुगेको उनले जानकारी दिए । पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसासमेत फुटेको छ । घटना कसले घटायो भन्नेबारेमा घटनास्थलमा अहिले प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रनाउ कोइरालाले जानकारी दिए ।
बाँस्कोटाको घर क्षेत्रमा मङ्गलबार दिनभर प्रहरीले गस्ती गरेको आज भने बिहानैदेखि प्रहरीको गस्ती नभएको मौका पारेर ब-म वि-स्फोट गराइएको स्थानीयवासीको भनाइ छ । ब-म वि-स्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । ठूलो आवाज निस्किएर ब-म वि-स्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सेक्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग रु ७० करोड कमिशन काण्डमा मुछिएपछि उनले राजीनामा दिएका थिए । पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् ।