एक व्यक्तिको जन्म भएपछि, उसको मुहूर्ता र नक्षत्र कुन तर्फ छ , कुन मितिमा, कुन पक्षमा उसको जन्म भयो ,त्यसले उसको भविष्य निर्धारण गर्दछ। कुन प्रहरमा जातकको जन्म भयो भन्ने थाहा भएर मात्र उसको भविष्य निर्धारण गर्न भने निकै गार्हो हुन्छ किनकि यसको लागि नक्षत्र, मुहूर्ता जस्ता कुरा पनि आवश्यक हुन्छ । व्यक्तिको जन्म कुन प्रहरमा भएको सम्बन्धमा सामान्य जानकारी |
बिहानको प्रथम प्रहर
दिनको पहिलो प्रहर सूर्योदयसंगै सुरु हुन्छ जसलाई पूर्वान् भनिन्छ। यसलाई दिनको पहिलो प्रहर पनि भनिन्छ। यो प्रहर बिहान ६ देखि ९ बजेको बीचमा हुन्छ। यो प्रहर आंशिक सात्विक र राजसिक हुन्छ , तर नकारात्मक भने हुँदैन । यस प्रहरमा जन्मेका व्यक्तिले जीवनमा ठूलो प्रगति गर्छन्। यस प्रहारमा जन्मेका मानिसहरु निकै बुद्धिमानी र सत्यवान हुन्छन्। तर, उनीहरुको जीवनको सुरुमा भने स्वास्थ्यमा समस्या आउँन सक्छ ।
यो प्रहरमा के गर्नुपर्छ त
यस प्रहरमा सुत्न वा संभोग गर्न हुँदैन । यो प्रहरमा कुनै पनि प्रकारको रिस र क्रोधलाई टाडा नै राख्दा राम्रो हुन्छ , अन्यथा यसले दिमागमा नराम्रो असर पार्छ साथ साथै भविष्यमा पनि नकारात्मक असर पार्न सक्छ। यस प्रहरमा नराम्रो शब्दहरू बोल्न वा गृह कलह गर्नु पनि राम्रो होइन । घरमा कुनै पनि फोहोर गर्नु हुँदैन । यदि यस समयमा घरमा चन्दन र गुलाबको सुगन्ध फैलायो भने घरमा खुशी र शान्ति रहन्छ।