मेला हेर्न पुगेका दुई किशोरीलाई समातेर मुख थुन्दै एकान्त पुर्याए, सात जना मिलेर…

महोत्तरी – जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिलेको सामूहिक ब-लात्का-र घटनाका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मिथिला माध्यमिकी परिक्रमा जिल्ला सदरमुकाम जलेश्वर पुगेको दिन फागुन १५ गते राति परिक्रमा मेला हेर्न पुगेका दुई किशोरीलाई जबर्जस्ती ब-लात्का-र गर्ने सातको समूहमध्ये चारलाई पक्राउ गरी प्रहरीले मङ्गलबार सार्वजनिक गरेको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा जलेश्वर नगरपालिका–६ का २६ वर्षीय खुशनुर अन्सारी, २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र २५ वर्षीय कुमार प्रभातलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी परिसरमै सार्वजनिक गरेको हो । परिक्रमाको पाँचौँ दिन जलेश्वरमा परिक्रमा मेला हेर्न पुगेका जलेश्वर–६ कै १६ र १७ वर्षीया दुई युवतीलाई समातेर मुख थुन्दै एकान्तस्थलमा पुर्याएर सातले सामूहिक ब-लात्का-र गरेका थिए । घटनामा संलग्न तीन अझै फरार रहेका र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

घटनापछि जलेश्वर अस्पताल पु¥याइएका दुवै किशोरी उपचारले सामान्य भएका प्रहरीले जनाएको छ । पक्राउ परेका चारैलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान बढाइएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

प्रकाशित : , ०, ००५:४१

प्रियंका चोपडाको बयान गर्दै उनकी जेठानी सोफीले गरिन यस्तो खुलासा,!