२०७६ सालकै अन्तिम सूर्य राशि परिवर्तन: यी राशिलाई धेरै शुभ !

सबै ग्रहहरूका राजाको रुपमा मानिने सूर्य, मार्च १४ मा मीन राशिमा प्रवेश गर्नेछ र यो १३ अप्रिलसम्म यसै राशिमा स्थित रहनेछ। सूर्यको गोचरलाई सामान्यतया संक्रान्ति भनेर चिनिन्छ। त्यसकारण, मीन राशिमा सूर्यको गोचरलाई मीन संक्रान्ति भनिन्छ। सूर्यको यो गोचरले सबै १२  राशिहरुलाई असर पुर्याउछ। आउनुहोस्, सुर्यको यस गोचारले कुन राशिमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा चर्चा गरौँ।

मेष राशि:

वैदेशिक यात्राको योग बन्नेछ। यदि कोहि व्यक्ति विदेश गएर पढाई गर्ने योजना बनाउँदै हुनुहुन्छ भने, यस समयमा योजना सफल हुनसक्ला। प्रेम सम्बन्धको लागि परिस्थिति अनुकूल देखिदैन, त्यसैले  होसियार रहनुहोला । अधिक धन खर्च हुने सम्भावना देखिन्छ। यद्यपि , धन लाभको पनि योग रहेको छ। स्वास्थ्यको विशेष ख्याल राख्नुहोला।

वृष राशि:

आयमा वृद्धि हुनेछ। वित्तीय नाफाको पनि सम्भावना रहेको देखिन्छ। कार्यक्षेत्रमा निकै उपलब्धि मिल्ला। साथै, समाजमा तपाईंको स्तर बढ्नुका साथै समाजका प्रतिष्ठित व्यक्तिहरुलाई भेट्ने मौका मिल्नेछ। दाजुभाई तथा दिदीबहिनीसँगको सम्बन्धमा अझ सुधार हुने देखिन्छ।

मिथुन राशि:

काम तथा व्यापार गर्ने व्यक्तिहरुले राम्रो नतिजा प्राप्त गर्नेछन्। पदोन्नतिको पनि तिब्र सम्भावना रहेको देखिन्छ। ख्याति र सम्मान बढ्नुका साथै आत्मविश्वास पनि बढ्नेछ। सरकारी योजनामा फाइदा हुन सक्ला।

कर्कट राशि:

परिवारका सदस्यको स्वास्थ्यमा प्रतिकूल असर पर्नाले, मन बिचलित हुन सक्ला। तर, मान-सम्मानमा भने वृद्धि हुने देखिन्छ। व्यापारमा अपेक्षित रूपमा सफलता हुने योग छ। मानसिक रुपले शान्ति हुनुका साथै तीर्थयात्राको लागि पनि राम्रो योग रहेको छ।

सिंह राशि :

यस समय, आफ्नो स्वास्थ्यको निकै ख्याल गर्नुपर्ला। रहस्यमय र गहन आध्यात्मिक काममा मन लाग्नेछ। ध्यान पुर्याएर काम गर्दा, यस समय निकै अनुकूल साबित हुनुका साथै राम्रा अनुभवहरू पनि पाउने देखिन्छ।

कन्या राशि: 

वैवाहिक जीवनमा केहि समस्याहरू देखा पर्ला। जीवनसाथीसँग मनमुटाब हुने सम्भावना देखिन्छ। व्यापारको सम्बन्धमा भने निकै राम्रो परिणामहरू प्राप्त गर्नुहुनेछ।  व्यवसायले गति लिनुका साथै विस्तार पनि हुने योग रहेको छ। व्यवसायमा समाजको प्रभावशाली व्यक्तिबाट  विशेष लाभ मिल्न सक्ला।

तुला राशि:

कानूनी मामिलामा सफलता पाउनेदेखिन्छ। आयमा कमि आउँन सक्ला। त्यसैले खर्च कम गर्नुहोला। आफ्नो शत्रुहरूमाथि प्रभुत्व जमाउनु हुनेछ। कुनै पनि प्रकारको प्रतिस्पर्धा तथा परीक्षामा राम्रो परिणाम पाइने देखिन्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुका साथै खानपिनमा पनि निकै ध्यान पुर्याउनु आवश्यक देखिन्छ।

वृश्चिक राशि:

कार्यक्षेत्रमा केही उतार-चढावको सामना गर्नु पर्ला। उच्च शिक्षाका लागि भने परिस्थिति अनुकूल देखिन्छ। सन्तानसँगको सम्बन्ध बिग्रनुका साथै   स्वास्थ्यमा समस्या देखा पर्ला। प्रेमको हिसाबले भए परिस्थिति त्यति अनुकूल देखिदैन ।

धनु राशि: 

यस गोचरको प्रभावले, धनु राशिका व्यक्तिहरुले यस समय मिश्रित परिणाम प्राप्त गर्नेछन्। पारिवारिक जीवनमा केही असन्तुष्टि र समन्वयको कमिले समस्या निम्त्याउन सक्ला। परिवारका सदस्य, विशेष गरी आमाको स्वास्थ्यमा सामस्या देखा पर्न सक्छ, ध्यान दिनुहोला। पारिवारिक सम्बन्धमा नकारात्मक असर पर्न सक्ला।

मकर राशि:

यस समयमा मकर राशिका व्यक्तिहरुको स्वास्थ्यमा केहि समस्या देखा पर्ला। साथै, परिवारका सदस्यका स्वास्थ्य पनि केहि समस्या देखा पर्ने योग रहेको हुदा, खान- पानमा विशेष ध्यान दिनुहोला।

कुम्भ राशि:

यस गोचरको प्रभावले, यस राशिमा तथा यस राशिका जीवनसाथीको स्वास्थ्यमा केहि समस्या आउँन सक्ला। साथै, यस समयमा तपाई र जीवनसाथी बिच विचार नामिल्नुका कारण द्वन्द्वको पनि सम्भावना रहेको देखिन्छ।

मीन राशि: 

स्वास्थ्यमा समस्या देखा पर्ने योग रहेको हुदा खानपिनमा विशेष ध्यान दिनुहोला। यात्रा गर्दा निकै ध्यान दिनुहोला। आफन्तसंगका सम्बन्धमा  सुधार हुने देखिन्छ।

प्रकाशित : , ०, ०१२:५३

द्रौपदीले दिएको त्यो श्राप आज सम्म भोग्दैछन् कुकुरहरु….