‘पहिलो अन-स्क्रिन कि’स जीवनकै खराब थियो’ भन्दै सेलेनाले गरिन यस्तो खुलासा!

गायिका  सेलेना गोमेजले भनेकी छिन् कि अभिनेता डिलन स्प्राउजलाई  कि’स गर्नु उनको जीवनमा सबैभन्दा नराम्रो अनुभव थियो ।   द कैली क्लार्कसन शोमा पुगेकी सेलेनाले बताईन् कि त्यो सबैभन्दा नराम्रो दिन थियो । सेलेनाले  डिलनकी ‘द सुइट लाइफ अफ ज्याक एण्ड कोडी’  को क्रममा कि’स गरेकी थिइन् ।

द कैली क्लार्कसन शोमा  सेलेनाले  आफ्नो  क्रशको पनि  खुलासा गरिन्  । उनले बताईन् कि बाल्यकालमा उनलाई अभिनेता कोल स्प्राउज  निकै मन पर्थ्यो ।  उनी  शो ‘द सुइट लाइफ अफ ज्याक एण्ड कोडी’ को फ्यान थिइन् र शोमा  कोललाई देखेर उनले आशा गर्थिन् कि एक दिन हामी संगै हुनेछौ ।

सेलेना ‘द सुइट लाइफ अफ ज्याक एण्ड कोडी’ को एपिसोड ए मिडसमर नाइटमेयरमा  गेस्टको रुपमा देखिएकी थिइन् । उनले  यस  एपिसोडमा कि’स  गर्नु पर्थ्यो । यधपी उनले आफ्नो  क्रश कोलको ठाउँमा उनले  डिलनलाई  कि’स गरिदिइन् । सेलेनाले बताईन् कि त्यो मेरो पहिलो अन क्यामेरा कि’स थियो  र त्यो नै मेरो जीवनको सबैभन्दा खराब दिन मध्ये एक थियो । गायिकाले अघिल्लो वर्ष सेप्टेम्बरमा एक पुरानो  बोर्डको भिडियो  पोस्ट गरेकी थिईन । यस भिडियोमा देख्न सक्छौ कि उनी कोललाई कति  मन पराउछिन् । यधपी उनले आफ्नो क्यापशन लेखिन् कि मेरो मनमा सधैँ  जुआन र कोललाई लिएर दुविधा रहेको थियो ।

प्रकाशित : , ०, ०१४:०२

पहिलो श्रीमती रिनाको लागि आमिरले लेखेका थिए आफ्नो रगतले चिट्ठी!