यस राशिका स्वामी अर्थात गुरु, शनि स्वयं आफ्नो राशि मकरमानै अवस्थित छ। जसका कारण, निकै शुभ योग बनिरहेको छ। परिणामस्वरूप, यस वर्ष मकर राशिका लागि कुनै वरदान भन्दा कम हुने छैन। सावधानीपूर्वक काम गरे सोचेको भन्दा बढी सफलता प्राप्त हुनेछ।
शनिका साथै, उच्च राशि मंगल पनि यस राशिमा अवस्थित छ। सफलताको हिसाबले यो योग निकै शुभ मानिन्छ। तर, स्वास्थ्यको हिसाबले भने केही अशुभ रहने देखिन्छ। त्यसकारण, ध्यानपूर्वक यात्रा गर्नुहोला, दुर्घटनाबाट बच्नुहोला र जोर्नीको दुखाईको रोगबाट पनि बच्नुहोला।
केहि दिनका लागि वृहस्पति पनि यस राशिमा प्रवेश गर्नेछ, जस कारण स्वास्थ्यमा सुधार देखिएता पनि थकानको अनुभव भने भइरहने देखिन्छ। चिढचिढापन पनि महसुस गर्न सक्ला।
असार मसान्तदेखि पुनः बृहस्पति यस राशिमा प्रवेश गर्नेछ। फलस्वरुप अर्को देशको नागरिकताको लागि आवेदन दिन चाहनुहुन्छ भने, यस समय सफलता प्राप्त गर्ने देखिन्छ। धर्म कर्मका मामिलाहरुमा भाग लिइनेछ। पारिवारिक जीवन सुखद रहने देखिन्छ।
घर तथा सवारीसाधन खरीदको योग रहेको देखिन्छ। लामो समयदेखि अड्किएको धन फिर्ता पाइनेछ। सामान चोरी हुने योग रहेको हुदा, यात्रा गर्दा निकै सावधानी अपनाउनुहोला।
सन्तान सम्बन्धित चिन्ताबाट पूर्ण स्वतन्त्रता महसुस गर्नुहुनेछ। यो समय ब्यापारिक वर्गका लागि पनि निकै लाभदायक साबित हुनेछ। काम व्यवसाय बारे सचेत रहनुका साथै ऋण दिनुअघि निकै विचार पुर्याउनुहोला।