फेरी बढ्यो सुनको मुल्य, चाँदीको मुल्यमा गिरावट!

काठमाडौँ, फागुन २७ । फागुन महिनाभर  लगातार उकालो लागिरहेको सुनको मुल्य आइतबार यता स्थिर रहेको थियो । सोमबार स्थिर रहेको सुनको मुल्य आज भने तोलामा २ सय रुपैयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८२  हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाले बढेको छ । आज तेजावी सुन प्रतितोला ८२  हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । सोमबार  छापावाला  सुन प्रतितोला ८२  हजार ५ सय र तेजावी सुनको मुल्य ८२  हजार २ सय रुपैयामा  बिक्रि वितरण भईरहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै यहि महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको छ  । आजको  सुनको मुल्य अहिलेसम्मकै महँगो हो।

यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाले घटेको छ।  मंगलबार चाँदीको मुल्य प्रतितोला ८ सय ८०   रुपैयामा कायम भएको छ ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : , ०, ००५:४३

घट्यो सुनको मुल्य, चाँदीको मुल्य स्थिर!