दिउँसो मौसम सफा रहेपनि अपरान्ह पछि मेघगर्जन-चट्याङ सहित पानी पर्ने !

काठमाडौँ – मंगलबार देशभरको मौसममा आंशिक बदलि रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार दिउँसो मौसम सफल रहेता पनि अपरान्ह पछि पूर्वि तथा मध्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना छ।

मंगलबार राती पनि देशभर आँशिक देखि सामान्य बदली रही पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित पानी पर्न सक्ने अनुमान गरिएको छ।

महाशाखाले सार्वजनिक गरेको तीनको मौसम पूरवानुमान निम्न छ।

(जारी मितिः २०७६-११-२७ विहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):-

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको केहि पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडि भु-भागमा आंशिक बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २७ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक बदलि रहनेछ। अपरान्ह पछि पूर्वि तथा मध्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आँशिक देखि सामान्य बदली रही पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।

फागुन २८ गते (बुधबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।

रातीः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।

फागुन २९ गते (बिहिबार)

दिउँसोः देशभर आँशिक रहनेछ। पहाडि भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।

रातीः देशभर आँशिक रहनेछ। पहाडि भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

पूर्वि तथा मध्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

प्रकाशित : , ०, ००२:५७

हावाबाट बिजुली निकाल्ने तयारी, स्याटेलाइटबाट हरेर सम्भावित स्थान पहिचान गरियो !