काठमाडौँ – कोरोना भाइरसको संक्रमणले संसारभर त्रास फैलिरहेको बेला नेपाल सरकारले थप तीन राष्ट्रका नागरिकहरुलाई ‘अनअराइभल’ भिसामा रोक लगाएको छ। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सरकारले फ्रान्स, जर्मनी र स्पेनलाई पनि अनअराइभल भिसामा रोक लगाएको हो ।
यसअघि सरकारले गत हप्ता चीन, हङकङ, इरान, इटाली, कोरिया र जापानका नागरिकहरुलाई पनि अनअराइभल भिसामा रोक लगाएको थियो। अनअराइभल भिसाको मतलब नेपाल घुम्न आउने मानिसलाई नेपालमा दिइने भिसा हो ।
कोरोना भाइरसको त्रास थप बढेपछि फ्रान्स, जर्मनी र स्पेनका नागरिकहरुलाई पनि नेपालको भ्रमण गर्न आउनको लागि विदेशस्थित सम्बन्धित कूटनीतिक नियोगबाट कोरोना भाइरस मुक्त स्वास्थ्य परीक्षण रिपोर्ट पेश गरेर मात्रै नेपाल आउने व्यवस्था गरिएको छ।
यससँगै अब अनअराइभल भिसामा रोक लगाइएका देशहरुको संख्या ८ पुगेको छ । यी ८ देशका नागरिकहरु नेपाल घुम्न आउनका लागि अब अनिवार्य रूपमा कोरोनामुक्त स्वास्थ परिक्षण रिपोर्ट सम्बन्धित नियोगबाट पेश गरेर मात्र आउन पाउँनेछन् । यो नियम मंगलबारबाट लागू हुने पनि जनाइएको छ ।