यस नयाँ वर्षले तुला राशिका व्यक्तिहरुका लागि सुखद परिणाम ल्याउने छ। विशेष गरी यो समय व्यापार वर्गका लागी निकै राम्रो रहनेछ। तर, शुक्रको मकर राशिमा प्रवेश गर्नाले असार मसान्तसम्म भने पारिवारिक कलह र मानसिक अशान्तिको सामना गर्नुपर्नेछ।
यस वर्ष घर तथा सवारी खरीदको पनि सम्भावना देखिन्छ। तर, चोरीको योग रहेको हुदा, यात्रा गर्दा आफ्नो सामानको सुरक्षा आफै गर्नुहोला। घरको पनि सावधानी पुर्वक हेरचाह गर्नुहोला।
यस वर्ष, परिवारका सदस्यका स्वास्थ्यमा केहि समस्याहरु देखा पर्नाले मन बिचलित रहनेछ। तर, कार्यक्षेत्रमा भने सफलता प्राप्त गर्ने देखिन्छ। राजनीति वा राजनीतिज्ञसँग गहिरो सम्बन्ध बन्ने योग रहेको हुदा सरकारसँग सम्बन्धित कामहरूका लागि यो वर्ष निकै लाभदायक साबित हुनेछ।
यात्राको पूरा आनन्द प्राप्त गर्नुका साथै, यात्रामा अत्याधिक खर्च हुने देखिन्छ। यदि विदेशी नागरिकताका लागि अथवा वैदेशिक रोजगारको भिसाका लागि आवेदन दिन चाहानुहुन्छ भने, यस वर्ष तुलनात्मक रूपमा राम्रो हुने देखिन्छ।
भाद्र मसान्तदेखि राहु र केतुको गोचर परिवर्तनले केहि गाह्रो चुनौतीहरु प्रस्तुत गर्न सक्छ, जसका कारण तुला राशिका व्यक्तिहरु षड्यन्त्र तथा अदालतको मामलाबाट बच्नुपर्ने देखिन्छ। अनीति र अन्यायको सिकार हुनसक्ने योग रहेको हुदा बुद्धिविवेकले काम लिनुपर्नेछ।