यो वर्ष कन्या राशिका व्यक्तिहरु अधिक ऋणबाट बच्नुपर्ने देखिन्छ। पैसाको लेनदेन गर्दा निकै सावधानी अपनाउनुहोला। दिईएको ऋण चाँडै फिर्ता नआउने योग रहेको हुदाँ, यदि तपाईं कसैलाई ऋण दिन इच्छुक हुनुहुन्छ भने, असोज पछि मात्रै लेनदेन गर्नुहोला। यो वर्ष स्वास्थ्यको लागि पनि प्रतिकूल रहनेछ।
शैक्षिक र प्रतिस्पर्धाको मामिलाहरुमा केहि चुनौतीहरुको सामना गर्नुपर्ला। यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने, शिक्षाको मामिलामा लापरवाही नगर्नुहोला। राम्रो फल प्राप्तिका लागि यस वर्ष पहिलेकोभन्दा अलि बढी मिहेनत गर्नुपर्ने देखिन्छ।
प्रेम सम्बन्धी मामिलामा निराशा पाइने योग रहेको हुदा, यस वर्ष आफ्नो काममा ध्यान केन्द्रित गर्नुहोला। सन्तान सम्बन्धि चिन्ताले सताउन सक्ला। तर, नव दम्पत्तिका लागि भने सन्तान प्राप्ति र प्रादुर्भावको योग रहने देखिन्छ।
असार मसान्तदेखि ग्रह स्थितिहरुमा निकै सुधार आउनेछ। जसका कारण, कन्या राशिमा देखिएका समस्या तथा परिस्थितिहरुमा पनि निकै सुधार आउनेछ। यस वर्ष सुर्यको गोचरका कारण, विवाहसँग सम्बन्धित मामिलामा ढिलाइ गर्नुका साथै, दैनिक व्यवसायमा पनि गिरावट ल्याउन सक्ला। तर, सूर्यको यस गोचर लामो समयसम्म नरहने हुदा चिन्ता लिनु पर्ने देखिदैन।
राजनीतिक वा सामाजिक कार्यबाट निकै लाभ मिल्नेछ। प्रतिष्ठा पनि बढ्ने देखिन्छ। राजनीतिमा प्रवेश गर्न चाहने व्यक्तिहरुका लागि यो वर्ष निकै शुभ सावित हुनेछ। रोजगारीका लागि गरिएका सबै प्रयासहरु सफल होला। स्थान परिवर्तनका लागि पनि राम्रो योग रहने देखिन्छ।