आज आइतबार सुनचाँदीको मुल्य स्थिर, यस्तो छ भाउ!

काठमाडौँ, फागुन २५ । फागुन महिनामा सुनको मुल्य लगातार उकालो लागिरहेको छ । शुक्रबार तोलामा १८ सय रुपैयाले बढेको सुनको मुल्य आज भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८२  हजार ५  सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला ८२  हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । शुक्रबार पनि छापावाला  र तेजावी सुनको मुल्य आजकै भाउमा बिक्रि वितरण भईरहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै यहि महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको छ  । आजको  सुनको मुल्यले नया रेकर्ड कायम गरेको छ।

यस्तै आज चाँदीको मूल्य पनि  स्थिर रहेको छ । शुक्रबार  चाँदीको मुल्य प्रतितोला ८ सय ९०  रुपैयामा कायम भएको छ ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : , ०, ००५:३९

तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा असर