मिथुन राशिका गुरु, बुध ग्रह वर्षको सुरुवातदेखि नै भाग्य भावमा बसिरहेको छ, कारण स्वरुप यो वर्ष मिथुन राशिका लागि वरदान सावित हुनेछ। केहि महिनासम्म बुधको प्रभाव मिथुन राशिकालागि निकै शुभ रहनेछ, जसका कारण व्यापार र आर्थिक पक्ष बलियो हुनेछ। सरकारी सम्बन्धी कुनै पनि काम मिलाउनु परेकामा प्रयासलाई अघि बढाउनुहोला, उच्च अधिकारीहरु संग राम्रो सम्बन्ध बन्ने देखिन्छ।
राहु पहिलेदेखि नै यस राशिमा अवस्थित छ। यसको संयोगले यस राशिका व्यक्तिहरुलाई तीव्र दिमाग प्रदान गर्नेछ। नतीजाको रूपमा, ठूलो भन्दा ठुलो काम वा निर्णय लिन पनि निकै सहज महसुस गर्ने देखिन्छ।
विवाहसँग सम्बन्धित वार्ता तथा छलफल सफल हुने देखिन्छ। नयाँ दम्पतीका लागि, विकास र संतान प्राप्तिको पनि योग बन्ने छ। आफन्तसंगको सम्बन्ध बलियो रहनेछ।
व्यापारीहरुका लागि पनि यस वर्ष निकै शुभ सावित हुनेछ। लामो समयदेखि अड्किएको धन फिर्ता पाइने देखिन्छ। नसोचेको काम बन्नुका साथै त्यसबाट लाभ पनि उठाउने योग रहेको छ।
तर, अदालतको मुद्दालाई भने बाहिरनै आपसी सम्झौता गरेमा उत्तम साबित हुनेछ। यस वर्ष, झगडा र विवादबाट टाढै रहनुहोला। सवारी साधन चलाउदा निकै सावधानी अपनाउनुपर्ला। कार्यस्थलमा षडयन्त्रको शिकार हुनबाट बच्नुपर्ने देखिन्छ।
यस वर्ष, मिथुन राशिका व्यक्तिहरुले स्वास्थ्य संबन्धि केहि समस्याहरुको सामना गर्नुपर्ने देखिन्छ। चिसोका कारण रोग लाग्ने देखिएको हुदा, यस वर्ष सकेसम्म चिसोबाट बच्नुहोला। काममा विस्तार हुनुका साथै एकभन्दा बढी आयका स्रोतहरु बन्नेछ।