पैदल हिँड्दै गरेका बालकलाई टिपरले ठक्कर दिँदा ज्यान गयो, टिपरमा आगजनी !

कञ्चनपुर – टिपरको ठक्करबाट शनिबार कञ्चनपुरमा एक नौ वर्षीय बालकको मृ-त्यु भएको छ । मृ-त्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका– ८ रिछाहाका आकाश राना रहेको प्रहरीले जनाएको छ ।

बेलौरी नगरपालिका– ४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको म१ख ८४९ नंको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको कैलालीको धनगढीस्थित प्रदेशिक सेती अस्पतालमा उपचारका क्रममा मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए।

ठक्करबाट पैदल हिँड्दै गरेका बालक रानाको टाउकोमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । बालकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

यसैगरी पुर्नवास नगरपालिका–३ स्थित पशुपतिटोलबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१००१ह ३०८१ नंको अटो पल्टिँदा ३५ वर्षीय अर्जुन धामीको मृ-त्यु भएको छ । धामीको उपचारका क्रममा प्रदेशिक सेती अस्पतालमा मृ-त्यु भएको हो ।

कुकुरलाई बचाउन खोज्दा अटो अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक पौडेलले बताए। मृतक धामी सोही नगरपालिका–४ का बासिन्दा रहेको बताइएको छ । अटो रिक्सामा सवार ६४ वर्षीय लक्ष्मी ढकाललगायत दुई जना घाइते भएका छन् । दुवैको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : , ०, ०१४:३३

आज बिहानै जिप दुर्घटना: चालकको घटनास्थलमै मृत्यु, ६ जना घाइते!