कम नम्बर ल्याएको भन्दै काठमाडौँकै यस स्कुलमा विद्यार्थीको हात चिर्न लगाएपछि…

फागुन २४ । बिहिबार काठमाडौँको जडीबुटीस्थित जागृति एकेडेमीकी एक शिक्षिकाले ३४ बिद्यार्थीको हात ब्लेडले चिर्न लगाएको घटना बाहिरिएको थियो । बिद्यार्थी माथि अमानवीय गरेपछि विद्यालयले ति शिक्षिकालाई अवकास दिएको छ । घटना बाहिर आएपछि विद्यालयले शिक्षिका कर्मचार्यलाई शुक्रबारको मितिबाट लागू हुने गरी अवकास दिएको हो । यस घटनाबारे शनिबार नयाँ पत्रिका दैनिकले समाचार लेखेको थियो।

शिक्षिका सीतालक्ष्मी कर्माचार्यले बिहिबार राम्रो नम्बर ल्याउन नसकेको भन्दै ३४ विद्यार्थीलाई बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएकी थिइन्।  हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र ९ जना कक्षा ७ का थिए । कर्माचार्यले १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी थिइन्।

कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । उनले परीक्षाकै बेला राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै ध-म्की दिएकी थिइन् । धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई हात चिर्न लगाएको र निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएकी थिइन्। त्यसपछि  आ-आफ्नो हात काटेको विद्यार्थीले बताए ।

विद्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक शिक्षिका कर्माचार्यलाई शिक्षक पदबाट अवकास दिने निर्णय गरेको हो। अहिले सामाजिक संजालमा शिक्षिका सीतालक्ष्मी कर्माचार्यको विरोध भैरहेको छ।

प्रकाशित : , ०, ००९:११

वर्तामान सरकार असफल भए वैदेशिक हस्तक्षेप बढ्ने नारायणकाजीको दाबि !