मेघगर्जन-चट्याङ्, हावाहुरी-असिना सहित वर्षा: कहिले सुध्रिएला मौसम ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको हुँदा देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंसिक देखि सामान्य बदली भैरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ।

शनिबार राती पनि देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ/ सहित पानी पर्न सक्ने महाशाखाले जनाएको छ।

आइतबार देशको पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार राती देशको पुर्वी पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

देशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता महाशाखाले अनुमान गरेको छ।

महाशाखाले शनिबार बिहान सार्वजनिक गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान निम्न छ।

मौसम विश्लेषण) Meteorological Analysis):-

हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंसिक देखि सामान्य बदली रहेको छ। देशको पश्चिमी भू-भागका केहि स्थानमा लगाएत मध्य र पू्र्वी भू-भागका थोरै स्थानमा वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २४ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

फागुन २५ गते (आइतबार)

दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी पहाडी भू-भागका एक/दुई स्थानमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २६ गते (सोमबार)

दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही मध्य भू-भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी र मध्य पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

देशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ।

प्रकाशित : , ०, ००४:५०

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती गम्भीर !