महँगो कपडामा छाइन् मलाइका, मूल्य थाहा पाउँदा अचम्म लाग्न सक्छ !

अभिनेत्री मलाइकालाई आजको युवा पुस्ताको फेशनको प्रेरणाका रुपमा चिनिन्छ। मलाइकाले हालै आफ्नो ईन्स्टाग्राममा केहि तस्वीरहरू सेयर गरेकी छिन्। यी तस्बिरमा मलाइका कालो रङको ‘टुले ड्रेस’मा देखा परेकी छिन्। यस पारदर्शी लुगाको साथ उनले कालो ब्रालेट र उच्च राइज शर्ट्स पनि लगाएकी छिन्।

४६ बर्षीय मलाइका यस लुगाका साथ ‘बकल बेल्‍ट’ र कालो हिल्समा देखा परेकी छिन्। हेयरस्टाइलको बारेमा कुरा गर्दा, उनले कपाललाई पछाडि बानेकी छिन्।

यस तस्बिरमा मलाइका निकै बोल्ड शैलीमा पोज गर्दै देखा परेकी छिन्। मलाइकाको यस ‘टुले वेलवेट हर्स लङ ड्रेस’को डिजाईन सेंद्रा मन्सुरले गरिकी हुन्।

यो लुगा डिजाइनरको ‘एडब्लु१९२०’ कलेक्‍शनको हो। मलाइकाको यस लुगाको मूल्य सुनेर तपाईंहरु छक्क पर्नुहुनेछ। यस लुगाको मूल्य २ लाख ७२ हजार नेपाली रुपैया हो।

प्रशंसकहरुले मलाइकाको यस पोशाकलाई निकै मन पराइरहेका छन्। प्रशंसकहरुका साथै उनको प्रेमी अर्जुन कपूरले पनि मलाइकाको यस शैली निकै मन पराएका छन्। अर्जुनले मलाइकाको यस तस्बिरमा आफ्नो प्रतिक्रिया पनि दिएका छन्।

कामको कुरा गर्दा, मलाइका यी दिन टिभी कार्यक्रममा मसाबा गुप्ता र मिलिन्द सोमनका साथ जजको भूमिका निभाई रहेकी छिन्। यसका साथै, उनी डान्स रियलिटी शो ‘इन्डियाज बेस्ट डांसर’ मा पनि देखा परिरहेकी छिन्।

प्रकाशित : , ०, ००५:३६

दुलहीको भेषमा गज्जब देखिन्छन् यी कुमारी अभिनेत्रीहरु ! [ तस्विर सहित]