प्रधानमन्त्री ओली हिड्न सक्ने भए, ठोस आहार पनि खान थाले !

काठमाडौँ – मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली हिँडडुल गर्न सक्ने भएका छन्। प्रत्यारोपण पछि स्वास्थ्यमा अपेक्षाकृत सुधार भएपछि ओलीले शुक्रबार देखि हिँडडुल गर्न सक्ने भएका हुन्।

मिर्गौला प्रत्यारोपण गरिएको तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ। उनको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको बताइएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बुलेटिन जारी गर्दै प्रधानमन्त्रीका ‘भाइटल’ र प्रयोगशाला परीक्षणका सूचक सामान्य रहेको जानकारी गराएको छ। मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थितिमा पनि क्रमिक सुधार भइरहेको र उहाँलाई ठोस आहार दिन थालिएको छ ।

शुक्रबार बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको र आफूसँग सङ्क्षिप्त संवाद गरेको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले जनाएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग शल्यक्रिया पश्चात पहिलो पटक कुराकानी गरेको र कुराकानीका क्रममा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य तीब्र गतिमा सुधार भैरहेको जानकारी गराइदिन आग्रह गरेको रिमालले ट्वीटर मार्फत जानकारी गराएका थिए। प्रधानमन्त्रीले छिट्टै काममा फर्किने प्रण गरेको रिमालले जानकारी गराएका थिए।

प्रकाशित : , ०, ०११:०३

महँगोमा बेच्न खोज्नेहरुको मास्क जफत !