[SEE] एसइई नसर्ने, चैत्र ६ गते देखिनै हुने ! [विज्ञप्ति सहित]

काठमाडौँ – बढ्दो कोरोना त्रासका बीच २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को निर्धारित समयमै हुने भएको छ।

विभिन्न संचार माध्यमहरुमा एसइई परिक्षा स्थगित भनेर समाचार आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एसइई नसर्ने जानकारी गराएको हो।

एसइई परीक्षा स्थगित भएको र विद्यालयहरु बन्द भएको भन्ने खालका गलत समाचारहरु प्रवाह रहेको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालयले चैत छ गतेदेखि हुने गरी तय भएको परीक्षा यथावत रहेको जानकारी गराएको छ।

मन्त्रालयका अनुसार हालका लागि परिक्षा सार्ने सम्बन्धमा कुनै पनि निर्णय नभएको र कुनै थप निर्णय गरिए जानकारी गराउने पनि उक्त विज्ञप्ति मार्फतनै जानकारी गराएको छ।

“एसइई परीक्षा स्थगित भएको र विद्यालयहरु बन्द भएको भन्ने खालका गलत समाचारहरु प्रवाह रहेको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। चैत छ गतेदेखि हुने गरी तय भएको परीक्षा यथावत रहेको छ।”,जारी विज्ञप्तिमा भनिएको छ।

यस अगाडी शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न विद्यालयलाई निर्देशन दिएको थियो। पछिल्लो समय विश्वभर बढिरहेको कोरोना भाइरसको संक्रमण प्रति सतर्कता अपनाउनका लागि मन्त्रालयले यस्तो निर्देशन दिएको थियो।

मन्त्रालयको यस्तो निर्देशन पश्चात एसइई परिक्षा स्थगित हुने अथवा परिक्षाको मिती सर्ने बारे अन्योलता शिर्जना भएको थियो।

प्रकाशित : , ०, ०१०:५१

प्रधानमन्त्री ओली हिड्न सक्ने भए, ठोस आहार पनि खान थाले !