“कोरोना रियाक्सनले रोक्ने कि एक्सनले ?, तराईका नाकामा स्वास्थ परिक्षण बेगर निर्वाध प्रवेश किन ?”

काठमाडौँ – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बारे सरकार गम्भीर हुन नसकेको कांग्रेसले आरोप लगाएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कोरोना भाइरस संक्रमण प्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन्। शर्माले सामाजिक संजाल ट्वी टर मार्फत यस्तो आग्रह गरेका हुन्।

कोरोना भाइरसको खतरा बढिरहेको हुँदा तत्कालै विद्यालय बन्द गरिनुपर्ने उनको बुझाई छ। तर, नाका खुल्ला गरिएको अवस्थामा विद्यालय बन्द गरेर मात्र केहि नहुने उनले ट्वीटरमा उल्लेख गरेका छन्।

“कोरोनाको खतरा बढ्दा बिधालय बन्द गर्नुपर्दछ नै, तर खतरा भित्रीन सक्ने तराईका नाका पुरै खुला राखेर बिधालय बन्दले मात्र कोरोनाको संक्रमण रोक्न सकिने हो र ?”,ट्वीटरमा उनले लेखेका छन्।

सीमा नाकामा स्वास्थ्य परिक्षण नै नगरि प्रवेश जारी रहेको प्रति उनको गम्भीर चिन्ता छ। रियाक्सनले भन्दा पनि एक्सनले कोरोना रोकिने तर्फ उनले सरकारलाई सचेत गराएका छन्।

शर्माले ट्वीटरमा थप लेखेका छन्,”सीमा नाकामा स्वास्थ परिक्षण बेगर निर्वाध प्रवेश किन जारी छ ? कोरोना रोक्ने रियाक्सनले कि एक्सनले ?”

शर्माको ट्वीट यस्तो छ –

“कोरोनाको खतरा बढ्दा बिधालय बन्द गर्नुपर्दछ नै, तर खतरा भित्रीन सक्ने तराईका नाका पुरै खुला राखेर बिधालय बन्दले मात्र कोरोनाको संक्रमण रोक्न सकिने हो र ? सीमा नाकामा स्वास्थ परिक्षण बेगर निर्वाध प्रवेश किन जारी छ ? कोरोना रोक्ने रियाक्सनले कि एक्सनले ?

प्रकाशित : , ०, ००७:२९

‘बिग्रेका अंग फेरेजस्तै प्रधानमन्त्री फेर्नुपर्छ,भ्रष्टाचारी जोगाउने ओलीले राजिनामा दिऊन’