काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्र-हार गर्नेलाई क्षमा दिन समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले माग गरेका छन्।
सामाजिक संजाल ट्वीटर मार्फत टिप्पणी गर्दै भट्टराईले प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्र-हार गर्ने रतन तिरुवालाई क्षमा दिन माग गरेका हुन्। तिरुवा माथि कानूनी दण्डको प्रक्रिया अगाडी बढाउने भन्दा पनि क्षमा दिइनुपर्ने उनले माग छ।
जुत्ताप्र-हार मार्फत राजनीतिक विरोधको शैली अनुपयुक्त भए पनि पत्ता आयोग लगायतका शान्ति प्रक्रियाको काम अधूरो रहेको र घटनामा संलग्न जनयु-द्ध शहीद परिवारका रहेको हुँदा क्षमा दिनुनै उपयुक्त हुने उनको बुझाई छ।
पुष्पकमल दाहाल प्रचण्डलाई ‘पीके’को रुपमा सम्बोधन गर्दै शान्ति प्रक्रियाको काम अधूरो रहेको अवस्थामा शहीद परिवारमा आक्रोश हुनु स्वाभाविकनै हुन जाने तर्फ पनि उनले संकेत गर्न खोजेको बुझिएको छ।
“जुत्ताप्र-हार मार्फत राजनीतिक विरोधको शैली अनुपयुक्त भए पनिTRC/वेपत्ता आयोग लगायतका शान्ति प्रक्रियाको काम अधूरो रहेको र सम्बन्धित व्यक्ति जनयु-द्धका शहीद परिवार भएको सन्दर्भमा ती युवामाथि कानूनी दण्डको प्रक्रिया अघि बढाउनु सट्टा कमरेड पीकेले उनलाई क्षमा दिनु उपयुक्त होला!जो विचार!”,भट्टराईले सामाजिक संजालमा लेखेका छन्।