काठमाडौँ, फागुन २२ । फागुन महिनामा सुनको मुल्य लगातार उकालो लागिरहेको छ । बुधबार तोलामा एक्कासी २२ सय रुपैयाले सुनको मुल्य आज फेरी बढेको छ। आज सुनको मुल्य तोलामा २ सय रुपैयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहिबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाले बढेको छ। आज तेजावी सुन प्रतितोला ८० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । मंगलबार छापावाला सुनको मुल्य प्रेतितोला ८० हजार ५ सय र तेजावी सुन ८० हजार रुपैयामा कायम रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै यहि महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको थियो । गत फागुन ११ गते सुनको मुल्य सबैभन्दा महँगो नै ८० हजार ३ सय रुपैयामा कायम थियो तर अहिले सुनको मुल्यले नया रेकर्ड कायम गरेको छ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहिबार चाँदीको मुल्य प्रतितोला ८ सय ८० रुपैयामा कायम भएको छ ।
पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।