काठमाडौँ – समुद्रमा डुबेर अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको ज्यान गएको छ। डुबेर ज्यान गुमाउनेमा स्थायी घर पोखरा भई अष्ट्रेलिया बस्दै आएका निकेश श्रेष्ठ रहेका छन्।
ब्रिसबेन नजिकैको स्ट्राटब्रुक आईल्याण्डमा रहेको समुद्र किनारमा पौडी खेल्ने क्रममा उनको ज्यान गएको बताइएको छ। बताइएअनुसार, उनको बुधबार ज्यान गएको हो।
बुधबार पौडी खेल्ने क्रममा उनलाई समुन्द्रको छालले बगाएको थियो। उनलाई बगाएको ठाउँबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा श्रेष्ठ फेला पारेको उद्धारकर्मीहरुले बतायका छन्। बगाए लगतै उद्धारकर्मीहरुलाई खबर गरिएको र तत्काल खटिएका उद्धारकर्मीहरुले श्रेष्ठको शव फेला पारेका हुन्।
श्रेष्ठको शव अहिले ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको छ। श्रेष्ठको शव नेपाल पठाउने तयारी भैरहेको क्विन्सल्यान्ड एनआरएनएले जनाएको छ। उक्त कार्यको लागि एन आर एनका अमृत खत्री, शम्भु गैसे, अतुल खड्का, पत्रकार सरल गुरुङ लगायतहरु खटिएको बताइएको छ।
श्रेष्ठ चार जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थिए। उनी फेडेरेसन युनिभर्सिटीमा अध्यनरत थिए।