आज देशैभर मौसम परिवर्तन, केहि स्थानमा च-ट्याङसहित वर्षाको सम्भावना!

पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बिहिबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन च-ट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसमविद बताएका छन् । उक्त वायुको प्रभाव भोलिबाट विस्तारै कम हुँदै जाने छ । उपत्यकामा आज दिउँसो मौसम खुले पनि साँझपख वर्षा हुने सम्भावना उच्च छ । सुदुरपश्चिमका केहि स्थानमा विहानैदेखि केही स्थानमा पानी  पर्न सुरु भएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका पश्चिम एवम मध्य भूभागका केही स्थानमा मेघगर्जन च-ट्याङसहित हल्का वर्षा हुनेछ  ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विहान न्युनतम ८ डिग्री सेल्सियस अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : , ०, ००३:०८

‘तराई–मधेस समृद्धि कार्यक्रम’मा अनियमितताको आशंका