७ बजेर १७ मिनेट जाँदा भूकम्पको धक्का !

काठमाडौँ – बुधबार साँझ दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ। दोलखा जिल्ला सहित आसपासका जिल्लाहरुमा साँझ ७:१७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो।

बुधबार साँझ ७:१७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु दोलखाको सिंगाटी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रको भनाई छ।

यस अगाडी केहि हप्ता अगाडी बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प भएको थियो। उक्त समयमा बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे थियो।

विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।

जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहने र भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको हुँदा यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने विज्ञहरुले बताएका छन् ।

प्रकाशित : , ०, ०१४:५३

नयाँ ऊर्जाका साथ पुनः आएको छु : मन्त्री डा खतिवडा