काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले आफूहरुले धेरै सोच र विचार गरेर नेपालमा गाँ-जा खेति व्यवस्थापन तथा नियमन गर्न संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा प्राईभेट विल दर्ता गराएको स्पष्ट पारेका छन् । उक्त विद्येयक सर्वसम्मतीले पारित हुनेपनि उनले विश्वास दिलाएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सांसद तामाङले उक्त विद्येयक गैरसरकारी रूपमा दर्ता गरिएको सुनाउँदै नेपालमा गाँ-जा खेति खुल्ला गरिए नेपाली जनता तथा देश नै समृद्ध हुने पनि दाबी गरे । उनले भने,‘नेपालमा गाँ-जा त प्राकृतिक रुपमा नै उत्पादित वनस्पती हो । त्यसमा पनि यसमा औषधीय गुण हुन्छ । नेपालको गाँ-जा विश्वकै महँगो गाँ-जाको रुपमा बिक्रि हुन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले गाँ-जा खेति खुल्ला गरिए नेपाल र नेपालीहरु आयआर्जनको हिसाबले पनि धनी र समृद्ध हुने पटक–पटक विश्वास दिलाए । उनले थपे,‘गाँ-जा खेतिलाई वैधानिक बनाउन सकियो भने जनतामात्रै होईन, देशपनि समृद्ध हुन्छ । त्यही भएर हामीले संसदमा गैरसरकारी विद्येयकको रुपमा यसलाई दर्ता गराएका छौं ।’ उनले अन्तर्राष्ट्रिय रुपमा पनि गाँ-जाको कारोबार अरबमा नभएर खरबौं रुपैयाँमा भैरहेको दृष्टान्त सुनाए । उनले भने,‘नेपालले पनि भोलि यसबाट ठूलो आर्थिक लाभ लिनसक्छ ।’
उनले गाँ-जाको सेवनमात्रै नभएर यसको रेसाबाट कपडासमेत बन्ने गरेको पनि सुनाए । ‘गाँ-जाको रेसाबाट बन्ने कपडा त विश्वमै महँगो कपडाको रुपमा बिक्रि भैरहेका छन् ।’–उनले थपे,‘यसबाट बनेका कपडाहरुको विश्व बजारमा अत्यन्तै ठूलो माग छ । खासगरी गाँ-जाको रेस्साबाट बन्ने कपडाका कोटहरु त झनै महँगा छन् ।’ उनले गाँ-जामा औषधीय गुण भएकोले यसलाई रोक्न नहुने पनि तर्क गरे । तर, नेपालको हकमा यसको सेवनमा भने पूर्णतः कानून लागु हुनेपनि सचेत गराए । उनकाअनुसार २१ वर्ष पुगेकाहरुले चिकित्सको सुझावअनुसार सेवन गर्न सकिनेछ ।
विश्व स्वास्थ्य संगठनले पनि गाँ-जालाई ला-गुऔ-षधमा नराखेको सुनाउँदै यसतर्फ नेपालले पनि ध्यान दिनुपर्ने तामाङको तर्क छ । उनले भने,‘संयुक्त राष्ट्रसंघले त आफ्ना सदस्य राष्ट्रहरुलाई पत्राचार नै गरेर गाँ-जा ला-गुऔ-षध नभएको कुरा स्पष्ट रुपमा भनिसकेको छ। त्यही भएर ४० भन्दा बढि राष्ट्रले त गाँ-जालाई वैधानिकता दिईसकेका छन् ।’ उनले विश्व प्रतिष्पर्धाको बजारमा पनि नेपालको गाँ-जा नम्वर एक हुनसक्ने दाबी गरे । आफूहरुले नेपालीलाई कुनै दुव्र्यसनीको शिकार बनाउनको लागि यो कुरा नगरेको पनि तामाङले स्पष्ट पारे । उनले थपे,‘गाँ-जाको उत्पादनमा पूर्ण छुट हुन्छ। तर, सेवनको लागि कानून बनाउँछौं । र, चिकित्सको प्रेस्किप्नबिना सेवन गर्न दिनुहुँदैन्।’
तामाङले भोलि कसैले नियम तथा कानून उल्लंघन गरे एक वर्षसम्म जेल सजाय र एक लाखसम्म जरिवाना हुनेसमेतको व्यवस्था गर्न लागिएको सुनाए । उनले गाँ-जामा ४५० भन्दा बढि औषधीय गुण रहेको पनि सुनाए । उनले नेपाललाई समृद्ध राष्ट्र बनाउनको लागि गाँ-जा खेति खुल्ला गर्दा उक्त योजना ‘गेम–चेन्जर’ हुनसक्नेपनि तर्क गरे । उनले विद्येयक शतप्रतिशत पारित हुने दाबी दोहोर्याए । तर, नेपालमा यो विद्येयक पारित भएपनि आफूहरुले सेवनकोलागि प्रोत्साहन नगरेको पनि उनको जिकिर थियो ।
उनले नेपालमा विदेशी पर्यटकहरुको लागि गाँ-जा सेवन खुल्ला गर्ने हो भने वर्षमा लाखमा नभएर करोडको संख्यामा विदेशी पर्यटकहरु आउनसक्नेपनि सम्भावना औंल्याए । यद्धपी यो विषय अहिले छलफलको पाटोमा नपरेको उनको स्विकारोक्ति थियो । उनले थपे,‘६० र ७० को दशकमा विदेशीहरु नेपाल गाँ-जा सेवनकैलागि आउँथे । अब भोलिको दिनमा यसलाई खुल्ला गर्ने वा नगर्ने भन्ने विषय यो पूनः छलफलको विषय बन्न सक्ला । म दाबाका साथ भन्छु, यदि विदेशीका लागि गाँ-जा खुल्ला गरियो भने नेपालले बेचेर भ्याउँदैन् ।’
नेपालकै आफ्ना उत्पादन खासगरी रोल्पा र जुम्लाका स्याउले बजार नपाएको अवस्थामा नेपालको गाँ-जाले अन्तर्राष्ट्रिय बजार पाउँछ भन्नेमा के ग्यारेन्टी छ ? भनेर एक पत्रकारले सोधेका प्रश्नमा पूर्वमन्त्री तामाङले भने,‘त्यो त हाम्रो मेकानिजमको कमजोरी हो । हामीले जुम्ला र रोल्पाका स्याउ काठमाडौं ल्याउनको लागि राम्रो संयन्त्र बनाउन सकेनौं । तर, काठमाडौंबाट रक्सी र बियरका बोटल कसरी त्यहाँ पुगेका छन् ? त म प्रश्न गर्न चाहन्छु । म भन्छु नेपालका स्याउले बजार पाउनुपर्छ ।’ उनले नेपालका यार्सा गुम्बाहरु नेपालमै बिक्रि, वितरण गर्नुपर्नेमा जोड दिए ।
उनले संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा गाँ-जा बेचेरै वार्षिक २४ खर्बको आम्दानी भएको सुनाउँदै नेपालमा पनि गाँ-जा खेतिको खुल्लाबाट लाभ लिन सकिने प्रचुर सम्भावना सुनाए । उनले भने,‘यो चर्चाको विषयमात्रै होईन, हामीले निकै मेहनत, अध्ययन तथा अनुशन्धान गरेर यो विषय ल्याएका हौं । यसभन्दा पहिले हामीले विज्ञ समूह, चिकित्सकहरुसँगपनि छलफल तथा परामर्श गरेका थियौं । वाग्मती प्रदेशबाट माननीय केशब स्थापितजीलाई यो विषयमा बोल्न लगाएर जनमत बुझेका थियौं । शीर्ष तथा प्रभावशाली नेताहरुसँगपनि हामीले यो विषय छड्के रुपमा राखेका थियौं । उहाँहरुले पनि यो राम्रो हो भन्नुएको थियो । केही माननीयहरुले विरोध गर्नु अलग कुरा हो । तर, प्रायः सबै माननीयज्यूहरुले यसमा सहमत जनाउनुभएको छ । यो विद्येयक पारित हुन्छ ।’
त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमा गराएकोमा गर्व महशुस गर्दै अत्यन्तै सकारात्मक निर्णय गरेको भन्दै धन्यवाद दिए । उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । तामाङले आफू भोलि जस्तोसुकै ठूलो ओहादामा पुगेपनि उपचारको लागि देशबाहिर नजाने समेत प्रण गरे ।