एकैचोटी २२०० रुपैयाले बढ्यो सुनको मुल्य, तोड्यो रेकर्ड!

काठमाडौँ, फागुन २१ । फागुन महिनामा लगातार उकालो लागेको सुनको भाउमा आइतबार भारी गिरावट आएको थियो । त्यसपछि  सोमबार  स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाले बढेको थियो । तर आज बुधबार सुनको मुल्य तोलामा एक्कासी २२ सय रुपैयाले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । मंगलबार छापावाला सुनको मुल्य प्रेतितोला  ७८ हजार ३ सय र तेजावी सुन ७८ हजार रुपैयामा कायम रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै यहि महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको थियो । गत फागुन ११ गते सुनको मुल्य सबैभन्दा महँगो नै ८० हजार ३ सय रुपैयामा कायम थियो तर अहिले सुनको मुल्यले नया रेकर्ड कायम गरेको छ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाले बढेको छ । बुधबार चाँदीको मुल्य प्रतितोला ८ सय ८० रुपैयामा कायम भएको छ ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : , ०, ००५:३२

के तपाई विदेशबाट पैसा पठाउदै हुनुहुन्छ? यस्तो छ आजको विनिमयदर!