काठमाडौँ, देश नम्बर २ सरकारले आगामी फागुन २७ र २८ गते दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
केन्द्र सरकारले होली पर्वको अवसरमा एक दिन सार्वजनिक बिदा दिने गरेको थियो। त्यसपछि प्रदेश सरकारले एक दिन थप गरेर दुई दिन बिदा दिने निर्णय गरेको हो । होली पर्वको अवसरमा प्रदेशभर दुई दिन सार्वजनिक विदा हुनेछ ।
तराईमा २७ गते होली मनाइनेछ भने पहाडी क्षेत्रमा फागुन २६ गते नै होली मनाइन्छ ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको अनुसार १५ दिने मिथिला मध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा समापन सङ्गै यस क्षेत्रमा २७ गते होली मनाइने मनाइने परम्परा छ ।
मानस्थलमा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन
त्रिभुवन अन्तररष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउदैँ आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ ।
अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक विज्ञप्ति जार्री गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको हो । विमानस्थलबाट आवतजावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि अनुरोध गरिएको छ ।
चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनुपर्ने भएको तथा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।