प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला प्रत्यारोपणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुपूर्व आज भिडिओ सन्देश दिनुहुनेछ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले आज साँझ प्रधानमन्त्रीले भिडियोबाट देशवासीलाई सन्देश दिने जानकारी दिएका हुन् ।
सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा ओलीकोको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ ।
डा दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुने छ । प्रत्यारोपणपूर्व उनको आज रगत, दिसा-पिसाब लगायत जाँच हुने डा ज्ञवालीले जानकारी दिए ।
“प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि ‘प्रिप्रेशन’ मा राखिने छ”, उहाँले भने । ओलीको मुटुको एन्जियोग्राफी जाँच गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टर, मुटु रोग विभाग प्रमुख प्रा डा अरुण सायमीले बताए।
गणपूरक सङ्ख्या नपुग्दा सदन स्थगित
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गर्नुभएको छ । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले उहाँले सदन स्थगन गर्नुभएको हो ।
प्रतिनिधिसभा बैठकमा पार्वताडिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेको थिएन । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन २१ गते अपराह्न १ बजे बस्ने छ