काठमाडौँ, फागुन १९ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले गत शुक्रबार (फागुन १६ गते) लगनगाँठो कसेका हुन् । उनीहरुले फागुन १५ गते, बिहिबार जिल्ला अदालतमा गएर कानुनी विवाह गरेका थिए भने परम्परा अनुसार शुक्रबार बिहे गरेका थिए।
उनीहरूले २ वर्षदेखिको गहिरो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । प्रियंकाको विवाहको रिसेप्सन पार्टीमा उनका आफन्त र चलचित्र क्षेत्रका प्राय सबै कलाकार, निर्देशक तथा निर्माताहरु सहभागी भएका थिए।
उनलाई सामाजिक संजालमार्फत धेरैले विवाहको शुभकामना दिएका छन् । तर उनको विवाहलाई लिएर आलोचना गर्नेहरु पनि धेरै थिए । प्रियंका र आयुष्मान नेपालको सेलिब्रेटी भएर भारतीय संस्कार अनुसार विवाह गरेको भन्दै सामाजिक संजालमा वि-वाद उत्पन्न भइरहेको थियो ।
सामाजिक संजालमा आफुहरुको विवाहलाई लिएर विभिन्न टिका-टिप्पणी भएपछि प्रियंकाले यसबारे स्पष्टिकरणदिएकी छिन्। आफुलाई माया र सपोर्ट गर्नेहरुको लागि यो स्पष्टिकरण दिएको भन्दै उनि लेख्छिन्, “हाम्रा दुवै परिवारको मातृ पक्षलाई सम्मान गर्दै हामीले नेपाली र भारतीय दुवै परम्परालाई मिसाएर विवाह गरेका थियौ। मेरो ममि रक्षा मल्होत्रा आदि नेपाली र आदि पन्जाबी हो । मेरो ममीपट्टिको हजुरबुवा पन्जाबी हो। हाम्रो परिवार अमृतसार र हरियाणामा छन्।
त्यस्तै आयुष्मानको ममीको हजुरबुवा पनि पन्जाबी हो। त्यसैले उनीहरुको देशराज थर भएको हो । त्यसैले बुझ्ने कोशिस गर्नुहोस, यसलाई नराम्रो रुपमा नलिनुहोला ।”