काठमाडौँ, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको यहि हप्ता दोस्रो पटक मृर्गौला प्रत्यारोपण हुने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीको बुधबार मृर्गौला प्रत्यारोपण हुने भएको हो । त्यस्तै ओलीलाई आफ्नो किड्नी दिन लागेकी समीक्षा संग्रौला ज्ञवाली अस्पताल पुगेकी छिन्।
प्रधानमन्त्री ओलीको नातामा भान्जी पर्ने समिक्षा सोमबार नै शिक्षण अस्पताल पुगेकी हुन्। उनको स्वास्थ्य जाँच यसअघि नै गरिसकिएको छ ।
बुधबार हुने प्रत्यारोपणका लागि ओली सोमबार नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुँदै छन् । बुधबार मृर्गौला प्रत्यारोपण गर्न लागिएकाबारे ओलीले आइतबार बसेको नेकपाको सचिवालय बैठकमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
प्रधानमन्त्री ओलीले केहि दिन अगाडी मात्रै वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलामा केही दिन भित्र आफूले मिर्गाैला प्रत्यारोपण गर्ने जानकारी दिएका थिए।
मिर्गौला प्रत्यारोपण गरेर पाँच दिन अस्तपालमा बस्ने र छैठौं दिनमा घर आएर काम शुरु गर्ने उनको भनाइ थियो । उनले अझै पनि १०-१५ वर्ष आफ्नो स्वास्थ्यमा तलमाथि नहुने दृढता पनि व्यक्त गर्दै आएका छन्।