आज सोमबार, यस्तो छ सुनचाँदीको भाउ!

काठमाडौँ, फागुन १९ – फागुन महिनामा लगातार उकालो लागेको सुनको भाउमा आइतबार भारी गिरावट आएको थियो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य १२ सय रुपैयाँले घटेको थियो । तर आज सोमबार भने सुनको मुल्य स्थिर रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै यहि महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार   नेपाली बजारमा छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भैरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य पनि  स्थिर रहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ७७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ।

यस्तैआज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार  प्रतितोला ८ सय ६०  रुपैयामा खरिद बिक्री भएको चाँदीको मूल्य आज पनि सोहि मुल्यमा कायम भएको छ ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : , ०, ००५:२५

आज फेरी बढ्यो सुनचाँदीको मुल्य!