श्रीकृष्णको अन्त्यको आश्चर्यजनक रहस्य, कसले मा-रे उनलाई…

काठमाडौँ : महाभारत यु-द्धको समाप्ति पछि जब युधिष्ठरको राजतिलक भईरहेको थियो तब कौरवकी माता गान्धारीले महाभारत यु-द्धको लागि श्रीकृष्णलाई दोषी ठहराई श्राप दिईन कि जुन प्रकारले कौरवको वंश नाश भयो ठीक त्यसै प्रकारले यदुवंशको पनि नाश हुनेछ। श्राप पछि श्रीकृष्ण द्वारिका फर्की यदुवंशीहरुलाई लिएर प्रभास क्षेत्रमा गए। केही समय पछि महाभारत-यु-द्ध गर्दै गर्दा सात्यकि र कृतवर्मा बीच विवाद भयो।

सात्यकिले रिसमा आएर कृतवर्माको शिर काटिदिए। यसले उनीहरु बीच आपसी यु-द्ध निम्तियो र उनीहरु दुई समूहमा विभाजित भई एक-अर्कालाई संहार गर्न लागे।

भएको थिएन् यदुवंशको नाश : यस लडाईमा श्रीकृष्णको पुत्र प्रद्युम्न र मित्र सात्यकि समेत लगभग सबै यदुवंशी मारिएका थिए, केवल बब्रु र दारूक मात्र बाँचेका थिए। जसले पछि यदु वंशलाई अघि बढाए।

श्रीकृष्णको मृ-त्युको रहस्य : द्वारिकालाई उनले आफ्नो निवास स्थान बनाए र सोमनाथ निकट स्थित प्रभास क्षेत्रमा उनले देह त्याग गरे। भगवान क्रिषण यसै प्रभास क्षेत्रमा आफ्नो कुलको नाश भएको देखेर धेरै व्यथित भएका थिए। उनी त्यस पछि बाट त्यहीं बस्न थालेका थिए। एक दिन उनी एक वृक्ष मुनि विश्राम गरिरहेका थिए, त्यसै बेला एक शिकारीले उनलाई हरिण सोचेर तीर चलाए । उक्त तीर उनको खुट्टामा लग्यो र त्यसैबेला उनले देह त्याग गर्ने निर्णय लिए।

जनश्रुति अनुसार एक उनी यसै प्रभास क्षेत्रको वनमा एक पीपलको वृक्ष मुनि योग निन्द्रामा थिए, त्यसै बेला ‘जरा’ नामक एक शिकारीले भूलवश उनलाई हरिण सोचेर विषयुक्त बाण चलाए। जुन उनको खुट्टाको पैतालामा गएर लाग्यो र भगवान श्रीकृष्णले यसैलाई बहाना बनाएर देह त्याग गरे। तर यो पनि उनको एक लीला नै थियो।

वास्तवमा वानर राज बालि नै थिए शिकारी : पौराणिक मान्यता अनुसार प्रभुले त्रेतामा रामको रुपमा अवतर लिएर बालिलाई लुकेर तीर हानेका थिए। कृष्णावतारको समय भगवानले उनै बालिलाई जरा नामक शिकारी बनाए र आफ्नो लागि त्यस्तै मृ-त्यु रोजे जस्तो बालिलाई दिएका थिए।

प्रकाशित : , ०, ०१४:११

विश्व स्वास्थ्य सङ्गठनले नेपाल उच्च जोखिममा रहेको भनिसकेको हुँदा बेलैमा सचेत बन्न आग्रह !