प्रचण्डका प्रेस सल्लाहकारले जुत्ता हान्नेलाई कुदीकुदी भकुरेपछि…

काठमाडौँ – आइतबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्र-हार गर्ने व्यक्तिलाई प्रचण्डका प्रेस सल्लाहकारले कु-टपि-ट गरेका छन्।

प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्र-हार गर्ने रतन तिरूवा माथि प्रचण्डका प्रेस सल्लाहकारले कु-टपि-ट गरेका हुन्। प्रहरीले रतन तिरूवालाई नियन्त्रणमा लिँदै गर्दा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले रतनलाई अगाडी र पछाडीबाट भ-कुरेका थिए।

सामाजिक संजालमा देखा परेको भिडियोमा प्रचण्ड माथि जुत्ता प्रहार गरेलगतै प्रहरीले नियन्त्रणमा लिँदै गर्दा सापकोटाले रतनलाई अगाडी र पछाडीबाट भ-कुरी रहेको देखिएको छ। यस्तै भिडियोमा ट्रेड युनियनका नेता भोला पोखरेलको मोबाइलले हा-निरहेको देखिएको छ।

जुत्ता प्र-हार हुनुआगाडी सापकोटा प्रचण्डसँगै थिए। तर, पछि दगुर्दै गएर सापकोटाले रतन तिरूवा माथि कु-टपि-ट गरेका थिए।

आइतबार राष्ट्रिय सभा गृहमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्र-हार गर्ने व्यक्तिले प्रचण्डको भाषण चित्त नबुझेर जुत्ता प्र-हार गरेको बताएका छन्।

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रममा प्रचण्डले दिएको भाषण चित्त नबुझेर आवेगमा जुत्ता प्र-हार गरेको उनले प्रतिक्रिया दिएको बताइएको छ।

सभालाई सम्बोधन गर्दा प्रचण्डले बर्गसंघर्षका बारेमा बोलेका थिए। जुन कुरा आफूलाई चित्त नबुझेपछि आवेगमा आएर जुत्ता फ्याँकेको उनको प्रतिक्रिया छ।

पहिचान खुल्न आएअनुसार तिरूवा जुम्लाका हुन्। नियन्त्रणमा लिइएका उनलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। हिरासतमा लिएर उनी माथि अनुसन्धान शुरु गर्ने प्रहरीले तयारी गरेको छ।

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रममा प्रचण्ड माथि जुत्ता प्र-हार भएको थियो। सम्बोधन सकाएर पोडियमबाट फर्कंदै गर्दा प्रचण्ड माथि जुत्ता प्रहा-र भएको हो।

प्रकाशित : , ०, ०१२:५०

मन्त्रीको ठाडो निर्देशनमा घरटहरामा डोजर चल्यो