यु १९ एसिया कप : नेपाललाई पहिलो खेल जित्न २३४ रनको लक्ष्य

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु एसिसी यु–१९ एसिया कपमा श्रीलङ्काले नेपाललाई २३४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

युएईको सारजहा क्रिकेट स्टेडियममा टस जितेर बलिङ रोजेको नेपालले श्रीलङ्कालाई २३३ रनमा समेटेको हो।

श्रीलङ्काले ९ विकेटको क्षतिमा २३३ रन बनाएको हो। श्रीलङ्काको लागि शारुजन शानमुगानाथनले सर्वाधिक ६२ रन जोडे। उनलाई सन्तोष यादवले बोल्ड आउट गर्नु अघि २ चौकाको सहायतामा ६२ रनको महत्वपूर्ण पारी खेलेका हुन्।

यसपछि लाक्विन अबेसिंहेले ५० रन बनाए। उनले २ चौका र १ छक्काको सहायतामा ५० रन जोडेका हुन्।

यससँगै कविजा गमेजले ३७ रन, विमाथ दिनसरा र डुल्निथ सिगेराले समान २४ रन बनाए।

नेपालका लागि सन्तोष यादवले आफ्नो १० ओभरमा ४५ रन खर्चिदै ४ विकेट आफ्नो पोल्टामा पारे। युवराज खत्रीले २ विकेट, कप्तान हेमन्त धामी र नरेन शाउदले समान १ – १ विकेट लिए।

नेपालले श्रीलंकाले दिएको लक्ष्य भेट्टाउन ओपनिङ जोडी चल्नु पर्ने हुन्छ।

प्रकाशित : , ०, ०१४:२७

पासको लागि फोन-मेसेज गरेर हैरान पारेपछि पारस खड्काले लेखे यस्तो स्ट्याटस…