एनपीएलको उमंगले देशभर माहोल तातिरहेको छ। विराटनगर किंग्सका खेलाडीहरूका लागि भने एक विशेष खबर छ – यदि उनीहरूले एनपीएलको उपाधि जिते भने कोशी प्रदेश सरकारले ३० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्नेछ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार काठमाण्डौ प्रस्थान गर्नुअघि किंग्सका खेलाडीलाई बिदाइ गर्दै यो घोषणा गरेका हुन्। मुख्यमन्त्रीले प्रदेश सरकारको तर्फबाट विजयी टोलीलाई ३० लाख पुरस्कार दिने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, लिग सुरु हुनुअघि नै विभिन्न प्रकारका पुरस्कार घोषणा भइरहेको छ। तर, आयोजक क्यानले भने अझै विजेताहरूका लागि हुने आधिकारिक पुरस्कारबारे केही खुलाएको छैन।