नेपालमा यसरी हेर्न सक्नुहुन्छ एनपीएलका खेलहरु, सित्तैमा लिन सक्नुहुन्छ खेलको मज्जा

काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरू अब युट्युब मार्फत प्रत्यक्ष रूपमा हेर्न सकिने भएको छ।

दर्शकहरूले एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानलमा गएर प्रतियोगिताका खेलहरूको प्रत्यक्ष आनन्द लिन सक्नेछन्। यसका लागि एनपीएलको व्यावसायिक अधिकार सम्हालिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सहमति भएको छ।

त्यस्तै, टेलिभिजनमा भने एनपीएलका खेलहरू स्टार स्पोर्ट्स नेटवर्कमार्फत प्रशारण गरिनेछ। डिजिटल प्लेटफर्म र टेलिभिजनको माध्यमबाट एनपीएललाई दर्शकसम्म पुर्‍याउन यो सहकार्य भएको हो।

नेपाल प्रिमियर लिग (एनपीएल) आगामी मंसिर १५ गतेबाट सुरु हुँदैछ। उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुनेछ।

प्रतियोगिताका सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछन्। लिगको पहिलो संस्करण मंसिर १५ देखि पुष ६ सम्म सञ्चालन हुनेछ।

प्रकाशित : , ०, ०२०:२३

एनपिएल जितेमा डिएनएले जनकपुरका खेलाडीलाई १ लाख र फाइनल पुगेमा ५० हजार रुपैयाँ दिने