अस्ट्रेलिया र इङ्गल्याण्डविरुद्द खेल्ने नेपाली टोलीको घोषणा, को – को परे त ?

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङमा आयोजना हुने हङकङ सुपर सिक्स प्रतियोगिताका लागि सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।

क्यानले मङ्गलबार घोषणा गरेको टोलीका अन्य खेलाडीमा लोकेश बम, नारायण जोशी, विवेक यादव, प्रतिश जिसी, दीपेन्द्र रावत र रासिद खान छन्।

नेपाली टोलीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल छन्।

हङकङ सुपर सिक्स प्रतियोगितामा नेपालले पहिलो खेल कार्तिक १६ गते इङ्गल्याण्डविरुद्द खेल्नेछ। त्यसपछि दोश्रो खेल अस्ट्रेलियाविरुद्द कार्तिक १७ गते खेल्नेछ।

प्रकाशित : , ०, ०२०:४९