ओमनका कप्तानले बिराटनगर किङ्ग्सबाट खेल्ने

काठमाडौँ : ओमनका राष्ट्रिय क्रिकेट टोलीका कप्तान आकिब इलियासले नेपाल प्रिमियर लिगको फ्रेञ्चाइज टोली विराटनगर किङ्ग्सबाट खेल्ने भएका छन्।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक पेजबाट बिराटनगर किङ्ग्सले आकिब इलियास टिममा अनुबन्धित भएको जानकारी दिएको हो।

५३ टि२० अन्तर्राष्ट्रिय खेलेका अलराउन्ड आकिब इलियासले १२२० रन बनाएका छन् भने ४२ विकेट लिएका छन्। टि२० अन्तर्राष्ट्रियमा उनको उच्चतम स्कोर ९० रहेको छ।

मार्की प्लेयर सन्दीप लामिछाने रहेको विराटनगर किङ्ग्समा सुबाश भण्डारी, लोकेश बम, नरेश भट्ट, प्रतिष जिसी, राजेश पुलामी मगर, जितेन्द्र कुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, बशिर अहमद र मृनाल गुरुङ रहेका छन्।

आगामी मङ्सिर १६ देखि पुस ६ गतेसम्म हुने नेपाल प्रिमियर लिगमा हरेक ८ टोलीले एसोसियट राष्ट्रबाट १ खेलाडी राख्नुपर्ने प्रावधान रहेको छ।

प्रकाशित : , ०, ००८:२१

सुपर ओभरमा नेपालको सनसनीपूर्ण जित : एक खेल अघि नै सिरिज जित्यो