नेपाललाई सिरिज जित्ने अवसर, मौकामा चौकामा हान्न सक्ला र नेपालले ?

काठमाडौँ :  अमेरिकाविरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आइतबार बिहान खेल्दैछ ।

दोस्रो खेल जितेमा नेपाललाई घरेलु टोलीविरुद्ध एक खेल अगावै सिरिज जित्ने मौका छ । यसअघि टेक्ससस्थित ग्राउन्ड पिएरे मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग तीन वटा टी–२० क्रिकेट खेलेको हो । टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

त्यसपछि आइसिसी एक दिवसीय विश्वकप लिग–२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । टेक्सासस्थित ग्राउन्ड पिएरे मैदानमा हुने एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्ड छ ।

लिग–२ को सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

नेपाल यसअघि क्यानडामा भएको लिग–२ कै क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका पुगेको हो ।

प्रकाशित : , ०, ०२०:५०