पहिलो पटक टि२०आईमा भिड्दै नेपाल र अमेरिका

काठमाडौँ : आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी–२० क्रिकेट खेल्ने भएको छ ।

लिग–२ अघि नेपालले अमेरिकासँग टेक्ससमा तीन वटा टी–२० खेल खेल्न लागेको हो । टी–२० सिरिजको पहिलो खेल कार्तिक २ गते शुक्रबार बिहान ५ : ४५ बजे हुनेछ । दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ ।

टि-२० आईमा नेपाल र अमेरिका पहिलो पटक आमनेसामने हुन् लागेको हो। सन् २०१४ मा टि-२० आईमा डेब्यु गरेको नेपालको अमेरिका २५औं प्रतिद्वन्दी हो।

त्यसपछि आइसिसी एक दिवसीय विश्वकप लिग–२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । टेक्सासस्थित ग्रान्ड पिएरे मैदानमा हुने एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्ड छ ।

लिग–२ को सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

नेपाल यसअघि क्यानडामा भएको लिग–२ कै क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका पुगेको हो ।

प्रकाशित : , ०, ०२१:३०

अम्पायरको विवादस्पद निर्णयको बाबजुद सिरिजमा नेपालको सुखद् सुरुवात