भारतको दयनीय अवस्था : ४६ रनमा अलआउट, ५ ब्याटर डक आउट

एजेन्सी : भारत र न्यूजिल्याण्डबीचको ३ खेलको टेष्ट शृंखलाको पहिलो खेल भारतको बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भईरहेको छ। यस खेलको पहिलो दिन बुधबार वर्षाका कारण टस हुन सकेन। खेलको दोस्रो दिन टस भयो। भारतीय टोलीका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे।

तर भारतको कप्तान रोहितको यो निर्णय अनुकूल साबित भएन। भारतीय टोली ४६ रनमा अलआउट भएका छन्। यो भारतको आफ्नै भूमिमा टेस्ट इनिङ्समा सबैभन्दा कम स्कोर हो। म्याट हेनरीले ५ विकेट र विल ओराउर्कीले ४ विकेट लिए । र टिम साउथीले १ विकेट लिए।

ब्याटिङमा भारतको लागि विकेटकिपर ब्याट्समेन रिशभ पन्तले सर्वाधिक २० रन बनाए। ओपनर यशवी जैसवालले १३ रन र रिशभ पन्त बाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्क बनाउन सकेनन्।

कप्तान रोहित पौडेल २ रन बनाएर आउट भए। विराट कोहली ९ बल खेली शुन्य रनमा आउट हुन् पुगे। सरफराज खान ,  केएल राहुल, रविन्द्र जडेजा, रविचन्द्रन आश्विनसहित ५ खेलाडी शुन्य रनमा आउट भए।

प्रकाशित : , ०, ०१३:४८

पहिलो पटक टि२०आईमा भिड्दै नेपाल र अमेरिका