नेपालको ब्याटिङ दयनीय : क्यानडा ‘ए’ सँग १४३ रनमा अलआउट, ३ ब्याट्समेन डक आउट

काठमाडौँ : – पछिल्लो समय नेपाली क्रिकेटरहरुको ब्याटिङको लय खस्किरहेको छ। शुक्रबार क्यानडाको किङ्ग सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा क्यानडा ‘ए’ विरुद्द टस जितेर ब्याटिङ रोजेको नेपाल १४३ रनमा अलआउट भएको छ।

नेपाल ३९ . ४ ओभरमा १० वटै विकेट गुमाएर झिनो रनमै समेटिन पुगेको हो।

नेपालका लागि ओपनर अनिल शाह र अर्जुन साउदले ७४ रनको साझेदारी गरे। अनिल शाहले ३४ रन बनाए भने अर्जुन साउदले ३३ रनको योगदान दिए।

यससँगै कुशल भुर्तेलले २५ रन र मोहम्मद आरिफ शेखले २३ रन जोडे। नेपालका तीन खेलाडी देव खनाल ,  गुलशन कुमार झा र कप्तान सोमपाल कामी शुन्य रनमै आउट भए।

कुशल मल्लले ७ रन, रिजन ढकालले १ र ललित राजवंशीले १ रन बनाएर अविजित रहे।

नेपाललाई कम रनमै समेट्न क्यानडाका शाहिद अहमदजाईले ७ . ४ ओभरमा ५ विकेट लिएर १ मेडनसहित २७ रन खर्चिए। योसँगै राना सलमान घनीले २ विकेट झारे। गुर्पाल सिधु, इरफान सदात र सुखजिन्दर सिंहले समान १ – १ विकेट आफ्नो पोल्टामा पारे।

प्रकाशित : , ०, ०२३:४०

अस्ट्रेलियाको नयाँ रेकर्ड, एउटै इनिङ्समा ५ नोबल बल