नेपालले दियो १७७ रनको चुनौतीपूर्ण लक्ष्य, ब्याटिङमा चम्किए गुल्शन झा

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 16: Sandeep Lamichhane of Nepal walks off the field with teammates after the first innings during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Bangladesh and Nepal at Arnos Vale Ground on June 16, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

काठमाडौँ : त्रिकोणात्मक टी–२० सिरिजमा आइतबार राति ओमानसँगको खेलमा नेपालले ओमनलाई १७७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

क्यानडाको किङ्ग सिटी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा निर्धारित २० ओभरमा १७६ रन बनाएको हो ।

नेपालका लागि ओपनर अनिल शाह र आशिफ शेखले समान २७ रनको योगदान दिएर विस्फोटक सुरुवात  दिएका थिए।

मिडल ओभरमा निरन्तर विकेट पतन भए पनि कुशल मल्ल र गुलशन झाले विस्फोटक ब्याटिङ गरे। कुशल मल्लले २ छक्का र २ चौकाको सहायतामा ३० रन बनाए। गुलशन झाले ३ छक्का र ३ चौकाको सहायतामा ४० रनको शानदार अविजित पारी खेले। ८ नम्बरमा ब्याटिङको लागि आएका दिपेन्द्र सिंह ऐरीले ५ बलमा २ छक्का र १ चौका प्रहार गर्दै १८ रन बनाएर शानदार फिनिसिङ गरे।

आइसिसी विश्वकप लिग–२ सिरिजका लागि क्यानडामा रहेको नेपालले सिरिज सकिएसँगै टी–२० सिरिज खेलेको हो । टी–२० को पहिलो खेलमा शनिबार राति नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । जितका लागि क्यानडाले दिएको एक सय २४ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा एक सय नौ रनमा अलआउट भएको थियो । क्यानडासँग खराब ब्याटिङलाई निरन्तरता दिँदा नेपाल पराजित भएको हो ।

यसअघि क्यानडा र ओमान सम्मिलित आइसिसी लिग–२ मा तीन खेल गुमाएको नेपालले ओमानसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि एक अङ्क पाएको थियो । नेपाल यस सिरिजको नेपाल पहिलो खेलमा क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो ।

नेपाल तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो । अन्तर्राष्ट्रिय टी–२० मा नेपाल र ओमानबिच हालसम्म ६ खेल भएको छ । जसमा दुवै टोलीले तीन जित र तीन हारको नतिजा निकालेका छन् ।

प्रकाशित : , ०, ०२३:३५

१६६ दिनपछि नेपालले जित्यो अन्तर्राष्ट्रिय खेल, गुल्शन झा बने हिरो