१२४ रनको लक्ष्य पच्छ्याएको नेपालले गुमायो पहिलो विकेट

काठमाडौँ : – क्यानडामा शनिबारबाट सुरु भएको त्रिकोणात्मक टी२० आई सिरिजको पहिलो खेलमा क्यानडाले नेपाललाई १२४ रनको मध्यम लक्ष्य दिएको छ।

किङ्ग सिटीस्थित मेपल लिफ क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनायो।

क्यानडाको लागि साद साद बिन जाफरले सर्वाधिक २३ रन बनाए र विकेटकिपर ब्याट्समेन श्रीया मोव्याले २२ रन बनाए। यससँगै क्यानडाको लागि परवीन कुमारले १९ ,  दिलप्रीत बाज्वा र अखिल कुमारले समान १४ – १४ रन र नवनित धालिवालले १३ रनको योगदान दिए।

५ बलर प्रयोग गरेको नेपालले दिपेन्द्र सिंह ऐरी सर्वाधिक इकोनोमिकल बलर साबित भए। उनले आफ्नो ४ ओभरमा ११ रन खर्चिएर १ विकेट लिए।

सन्दीप लामिछाने र सोमपाल कामीले समान ३ – ३ विकेट लिए। र डेब्युटेन्ट रिजन ढकालले १ विकेट हात पारे। करण केसीले कसिलो बलिङ गरेपनि उनी विकेटविहिन भए।

१२४ रनको लक्ष्य पच्छ्याउन उत्रिएको नेपालले पहिलो विकेट गुमाएको छ। नेपालले अनिल शाहलाई

प्रकाशित : , ०, ०२३:५१