नेपालले पायो २५४ रनको चुनौतीपूर्ण लक्ष्य, डेथ ओभरमा खर्चियो धेरै रन

काठमाडौँ : आइसीसी विश्वकप लिग–२ को दोश्रो राउण्डको पहिलो खेलमा नेपालले २५४ रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ।

क्यानडाको किङ्ग सिटीस्थित मेपल लिफ क्रिकेट स्टेडियममा टस जितेर बलिङ गरेको नेपालले घरेलु टोली क्यानडालाई २५३ रनमा समेटेको हो।

क्यानडाको लागि कप्तान निकोलस किर्टनले अविजित ७३ रनको शानदार पारी खेले। उनले ४४ बलमा ६ छक्का र ३ चौकाको सहायतमा ७३ रनको कप्तानी पारी खेलेर नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भए। नवनीत धलिवालले ९० बलमा ४८ रन बनाए। यससँगै डिलोन हेलिगरले ३० रन, हर्ष ठाकरले २७ रन, पर्गत सिंह र साद बिन जाफरले १७ – १७ रनको योगदान दिए।

सोमपाल कामी र ललित राजवंशीले समान २ – २ विकेट लिए भने गुलशन झा ,  सन्दीप लामिछाने र रोहित पौडेलले समान १ – १ विकेट हात परे। १ विकेट रन आउटबाट प्राप्त भयो।

सुरुवात कसिलो बलिङ गरेको नेपालले अन्तिम पावरप्लेमा धेरै रन खर्चियो।

नेपालको लागि ललित राजवंशीले आफ्नो ओभरको पहिलो बलमै विकेट लिए। उनले ओपनर आरोन जोन्सनलाई कट एण्ड बोल्ड गरे।

दोश्रो विकेट अर्का स्पिनर सन्दीप लामिछानेले लिए। उनले पर्गत सिंहलाई एलबिडब्ल्युको धरापमा पारे। गुलशन झाले क्यानडाका अर्का ओपनर नवनीत धलिवाललाई कुशल भुर्तेलबाट क्याच आउट गराए।

दिपेन्द्र सिंह ऐरीले हर्ष ठाकरलाई रन आउट गरी नेपाललाई चौथो विकेट दिलाए। कप्तान रोहित पौडेलले क्यानडाका विकेटकिपर ब्याट्समेन श्रीया मोव्यालाई गुलशन झाबाट क्याच आउट गराउँदै पाँचौं विकेट लिए।

यससँगै छैठौँ विकेट ललित राजवंशीले लिए। उनले विस्फोटक ब्याटिङ गरेका डिलोन हेलिगरलाई आउट गराए। सोमपाल कामीले सातौँ र आठौँ विकेट लिए।

प्रकाशित : , ०, ०००:३८

आज नेपाल र ओमन भिड्दै, कसले मार्ला त बाजी ?