नेपाललाई तेश्रो सफलता, गुलशन झाले लिए विकेट

काठमाडौँ : आइसिसी विश्वकप लिग–२ को क्यानडा विरुद्दको खेलमा नेपालले तेश्रो सफलता हात पारेको छ।

नेपालको लागि मिडिया पेसर गुलशन कुमार झाले क्रिजमा जमेका नवनीत धलिवाललाई आउट गराएका छन्। ९० बलमा ४८ रन बनाएर अर्धशतक नजिक पुगेका धलिवाललाई झाले कुशल भुर्तेलबाट क्याच आउट गराएका हुन्।

यसअघि ललित राजवंशी र सन्दीप लामिछानेले समान १ – १ विकेट लिईसकेका छन्।

यतिबेला क्यानडा ३३ ओभरमा ३ विकेटको क्षतिमा ११३ रन बनाएर खेलिरहेको छ। क्रिजमा अहिले क्यानडाको कप्तान निकोलस किर्टन र हर्ष ठाकर छन्।

नेपालको प्लेइङ ११ : 

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।

क्यानडाको प्लेइङ ११ :

आरोन जोन्सन, नवनीत धलिवाल, पर्गत सिंह ,  हर्ष ठाकर, निकोलस किर्टन , श्रीयास मोव्या ,  डिलोन हेलिङ्गर, अखिल कुमार ,  कलीम साना ,  साद बिन जाफर, अंश पटेल।

प्रकाशित : , ०, ०२३:१४

नेपालले पायो २५४ रनको चुनौतीपूर्ण लक्ष्य, डेथ ओभरमा खर्चियो धेरै रन