नेपालले टस जित्यो, को – को परे प्लेइङ ११ मा ?

काठमाडौँ : – आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज सोमबार राति ८ : ४५ बजेबाट क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

क्यानडाको किङ्ग सिटीस्थित मेपल लिफ क्रिकेट स्टेडियम(Maple Leaf Cricket Ground)मा नेपाली समय अनुसार साँझ ८ :४५ बजेबाट सुरु हुने खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ।

नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले आज सोमबार भदौ ३१ गते क्यानडासँग खेल्नेछ। त्यसपछि लिग–२ तालिका अनुसार नेपालले असोज २ गते ओमान, असोज ६ गते क्यानडा र असोज ८ गते ओमानसँग खेल्नेछ।

नेपाल र क्यानडाबीच ओडिआईमा हालसम्म तीनपटक भेट भएको थियो र ती तीनै खेल नेपालले जितेको थियो।

नेपालको प्लेइङ ११ : 

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।

बेञ्चमा : आरिफ शेख ,  अनिल शाह ,  रिजन ढकाल ,  अर्जुन साउद।

प्रकाशित : , ०, ०२०:३५

असोज १ गतेको राशिफल : मङ्गलबार १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?