२०४ दिनपछि ओडिआई खेल्दैछ नेपाल, हारको शृंखलालाई तोड्ला त ?

काठमाडौँ : नेपाल क्रिकेट टोलीले आज सोमबार भदौ ३१ गते २०४ दिनपछि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल खेल्दैछ। नेपालले पछिल्लो पटक विश्वकप लिग–२ मै नेदरल्यान्ड्ससँग खेलेको थियो।

नेपालले गत फेब्रुअरी २५ तारिखमा नेदरल्यान्ड्ससँग टियु क्रिकेट स्टेडियममा खेलेको खेलमा ८ विकेटले पराजित भएको थियो। त्यसअघिको नामिबियासँगको खेलमा पनि नामिबिया २ विकेटले विजय भएको थियो।

विश्वकप लिग–२ को पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको थियो । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो ।

नेपालले अहिले आइसीसी विश्वकप लिग–२ को टेबलमा ४ खेलमा एकमा जितसँगै २ अङ्कसहित पुछारमा ७ औँ स्थानमा छ।

नेपालले आजबाट क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो ।

नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजमा आज भदौ ३१ गते क्यानडासँग खेल्नेछ। त्यसपछि लिग–२ तालिका अनुसार नेपालले असोज २ गते ओमान, असोज ६ गते क्यानडा र असोज ८ गते ओमानसँग खेल्नेछ ।

यसपछि क्यानडामा तीन टोलीबिच टी–२० सिरिज पनि हुनेछ ।

नेपालले अहिले आइसीसी विश्वकप लिग–२ को टेबलमा ४ खेलमा एकमा जितसँगै २ अङ्कसहित पुछारमा ७ औँ स्थानमा छ।

विश्वकप लिग–२ भदौ ३१ गतेदेखि भदौ १० गतेसम्म क्यानडामा हुने नेपाल, क्यानडा र ओमानबीचको सबै खेल कान्तिपुर टिभी र यसका डिजिटल प्ल्याटफर्महरुमा प्रत्यक्ष प्रशारण हुनेछन्।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, सन्दीप लामिछाने र देव खनाल (वैकल्पिक खेलाडी) ।

प्रकाशित : , ०, ०१३:२३

कसरी हेर्ने आज नेपाल र क्यानडाबीचको खेलको लाइभ ?