डेभिड वार्नर एनपिएल खेल्न नेपाल आउन सकारात्मक

काठमाडौँ : विस्फोटक ब्याटिङको लागि परिचित अस्ट्रेलियाका पूर्व ओपनर डेभिड वार्नर नेपाल प्रिमियर लिगको पहिलो संस्करण खेल्न नेपाल आउन सकारात्मक देखिएका छन्।

अनलाइनखबरमा प्रकाशित खबर समाचार अनुसार एनपीएलको फ्रेन्चाइज टोली लुम्बिनीले वार्नरको एजेन्टसँग कुराकानी गर्दा वार्नर नेपाल आउन सकारात्मक देखिएका छन्।

लुम्बिनीको स्वामित्व किनेको फरच्युना हेल्थ केयर प्रालिका प्रबन्ध सञ्चालक ईश्वर जिसीका भनाई अनुसार वार्नरले एनपिएल खेल्न केही शर्त प्रस्तुत गरेका छन्। उनले लिगमा को – को आउने प्रश्न गरेको बताईएको छ।

३७ वर्षीय वार्नरले सन् २०२४ को टि२० विश्वकप खेलमा आफ्नो टिम सेमिफाइनलमा पुग्न असमर्थ भएपछि सबै अन्तर्राष्ट्रिय खेलहरुबाट सन्यास लिएका हुन्।

तीन वटै फर्म्याटमा १०० भन्दा बढी खेल खेलेका वार्नरले १८९९५ अन्तर्राष्ट्रिय रन बनाएका छन् र ४९ शतक प्रहार गरेका छन्।

प्रकाशित : , ०, ०१९:०४

२०४ दिनपछि ओडिआई खेल्दैछ नेपाल, हारको शृंखलालाई तोड्ला त ?